साफ यू–२० च्याम्पियनसिपः बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा सुरुआती अग्रता बंगलादेशले लिएको थियो । खेलको ६३औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । ६८औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसअघि दुवै १० खेलाडीमा समेटिएको थिए । बंगलादेशका सहिदुल इस्लामले र  नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका हुन् । नेपालका बेन्चका खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाएका थिए ।

खेलको क्रममा झगडामा उत्रिएपछि उनीहरुले रातो कार्ड पाएका हुन् । यो बराबरीपछि पनि  नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

दोस्रो स्थानको नेपालले  ४ खेलमा ७ अंक जोडेको छ । अपराजित रहेको बंगलादेशले ४ खेलमा १० अंक जोड्यो ।



शीर्ष स्थानमा रहेको बंगलादेशले भने फाइनलमा स्थान सुरक्षित गरेको छ । 

अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नुपर्नेछ । सो खेलमा भारत पराजित भएको खण्डमा नेपालले फाइनलमा स्थान बनाउने छ ।
 



  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १८:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया