उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख बरामद

६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

त्यसपछि गाडी खानतलासी गरेको अख्तियारले उनले प्रयोग गर्ने बा१झ ९९४६ नम्बरको सरकारी गाडीबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त रकम पनि नेपालले घुसबापत लिएको हुनसक्ने भएकाले यसबारे अनुसन्धान भइरहेको बताए । सेवा सञ्चालन अनुमतिका लागि एक व्यवसायीले मन्त्रालयमा दिएको निवेदन अड्काएर नेपालले रकम मोलमोलाई गरेका थिए ।

त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार २०:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया