३ वर्षमा ११७ चिनियाँलाई भारतले पठायो फिर्ता

भारत सरकारले सन् २०१९ देखि २०२१ सम्म ११७ जना चिनियाँ नागरिकलाई भारतमा प्रवेश गर्दा चाहिने भिसाहरुको विषयमा विभिन्न समस्या देखाउँदै फिर्ता पठाएको दाबी गरेको छ । 

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार भारतका गृह राज्यमन्त्री नित्यानन्द रायले ८१ जनालाई अहिले पनि भारतले फिर्ता जान भनिसकेको बताएका छन् । उनले ७ सय २६ जनालाई भारतले ब्ल्याक लिस्टमा राखेको पनि जानकारी दिएका छन् । उनले नै ११७ जनालाई फिर्ता पठाएको जानकारी दिएका हुन् ।

पछिल्लो समय भारततमा चिनियाँ नागरिकलाई लागनी गर्न सहज बनाइएको छ । तर, त्यहाँको प्रतिपक्षले सरकारको यो कदमको विरोध गरेको छ । 





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार २०:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया