वन ऐन नीति नियम समुदायमैत्री बनाउन हेटौंडामा छलफल

बागमती प्रदेशको राजधानी हेटौंडामा स्थानीय वन नीति नियम समुदायमैत्री बनाउने सम्बन्धि छलफल भएको छ । 

मंगलबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा स्थानीय वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी बनाउनको लागि समन्वयात्मक बैठक बसेको हो । 

बैठकमा सहभागी स्थानीय वन उपभोक्ता समितिका पदाधिकारीहरुले वनका ऐन नियम परिवर्तन गरी काठ तथा वन्य सामाग्रीको उपयोगमा नागरिकहरुलाई सहजता प्रदान गर्नुपर्ने बताए । 

नीति नियमको कार्यान्वयनमा स्थानीय तहले अधिकार प्राप्त गरे कि गरेनन् भन्ने बिषयमा समेत छलफल भएको थियो । 

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपाध्यक्ष राजेश बानियाँ, हेटौंडाका विभिन्न वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारीहरु, गैसस महासंघकी अध्यक्ष आरती पाठक, हेटौंडा उपमहानगरपालिकाको वातावर​ण शाखाकी चन्दा खड्का लगाय​तको आतिथ्यता रहेको थियो ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार २०:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया