साफ यू–२० च्याम्पियनसिपबाट नेपाल बाहिरियो

नेपाल भारतमा जारी साफ यू-२० च्याम्पियनसिपबाट बाहिरिएको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साविक विजेता भारतले माल्दिभ्सलाई १-० गोलले हराएसँगै नेपाल बाहिरिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलकाे ९०औं  मिनेटमा  गुर्किरात सिंहले निर्णायक गाेल गर्दै भारतलाई जित दिलाए ।

याे जितसँगै भारतले दोस्रो स्थानमा रहेर प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेकाे छ । उसले चार खेलमा ९ अंक जाेड्याे ।

अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।बंगलादेश चार खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहेर फाइनल पुगेकाे हाे ।

चार खेलमा खेलमा सात अंक जाेडेकाे नेपाल तेस्रो स्थानमा रहँदै बाहिरियाे । त्यस्तै, चार खेलमा समान एक अंक जाेडेका माल्दिभ्स र श्रीलंका पनि क्रमश: चाैथाे तथा पाँचौ स्थानमा रहेर बाहिरिए ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार २१:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया