यस्तो छ सुदूरपश्चिममा आपराधिक क्रियाकलापको एक वर्षको तथ्यांक
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७८/०७९ मा सयौँ आपराधिक क्रियाकलाप भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार एक वर्षको अवधिमा ५८ वटा कर्तव्य ज्यान मुद्दा र २ सय ३५ वटा जबरजस्ती करणीका मुद्दा परेका हुन् । 

त्यस्तै, अपहरण तथा शरीर बन्धकका घटना ३ वटा भएका छन् भने मानव बेचबिखनका ८ मुद्दा रहेको तथ्याङ्कले देखाएको छ । प्रहरीका अनुसार ज्यान मार्ने उद्योगमा ७३ मुद्दा दर्ता भएका छन् । आत्महत्या दुरुत्साहनमा घटना ३० वटा रहेका छन् ।

त्यस्तै, गर्भ संरक्षण विरुद्धको कसुरमा एक मुद्दा दर्ता भएको छ । डाँका चोरीका ४, अन्य चोरीका १७६ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिममा बहुविवाह गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा ७९ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन् ।

त्यस्तै, बालविवाहका मुद्दा ५ वटा, अवैध गर्भपतन १, बोक्सीको आरोप १, जातीय छुवाछुतका ४ मुद्दा दर्ता भएका छन् । गाउँ समाजमा मदिराका कारण पनि धेरै घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मदिरा सेवनका कारण भएका सार्वजनिक शान्ति विरुद्धको कसुरमा मात्रै १३२ मुद्दा दर्ता भएका छन् भने सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा नैतिकताविरुद्धको कसुरमा ४ सय ४७ मुद्दा दर्ता भएका छन् । 
 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार ७:५४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया