ताइवानका राष्ट्रपति र पेलोसीबीच भेटवार्ता

ताइवान भ्रमण गरेकी अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले त्यहाँका राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी छन् । भेटका क्रममा राष्ट्रपति इङले पेलोसीलाई ‘ताइवानको सबैभन्दा समर्पित साथीमध्ये एक’ भनेर सम्बोधन गरेकी थिइन् । भेटका क्रममा युक्रेनमाथि भएको रुसी हमलाबारे चर्चा भएको थियो । 

राष्ट्रपति वेनले युक्रेनमा रुसी आक्रमणले ताइवान स्ट्रेटको सुरक्षालाई विश्वभरको ध्यान केन्द्रित गरेको बताइन्  । ‘लोकतान्त्रिक ताइवानविरुद्धको अतिक्रमणले सम्पूर्ण इन्डो–प्यासिफिकको सुरक्षामा ठूलो प्रभाव पार्नेछ’, उनले भनिन् । 

पेलोसी आज नै ताइवानको संसदमा पुगेकी छिन् । 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार ९:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया