घुँडाको शल्यक्रियाको तयारीमा रहेका फ्रेन्च मिडफिल्डर पउल पोग्बाले विशेषज्ञ चिकित्सकसँगको सुझावपछि हालका लागि थेरापी मात्र गराउने भएका छन् ।
पोग्बा यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट क्लब युभेन्ट्स फर्किएका थिए । प्रि–सिजन भ्रमणका लागि अमेरिका रहँदा पोग्बाले घुँडाको चोटको बारेमा क्लबलाई जानकारी गराएका थिए ।
युभेन्ट्सले पोग्बाको घुँडाको चोटको शल्यक्रिया हुने र उनी लामो समय मैदान बाहिर रहन सक्ने जनाएको थियो । लामो समय मैदान बाहिर रहँदा नोभेम्बरमा कतार विश्वकप नै गुमाउने हो की भन्ने चिन्ता पोग्बामा छ ।
पोग्बाले विश्वप्रसिद्ध घुँडाको सर्जन प्रोफेसर ब्रेटार्ड सोनेरी कोटलेटसँग लियोनमा भेट गरेको र उनकै सल्लाहमा शल्यक्रिया गर्ने तयारीबाट पछि हटेको बताइएको छ । थेरापीको पाँच सातापछि नै पोग्बा मैदान फर्कने अनुमान गरिएको छ ।
सन् २०१८ मा फ्रान्सले फिफा विश्वकपको उपाधि जित्दा पोग्बा टोलीका प्रमुख खेलाडी थिए । यसपटक उपाधि रक्षा गर्ने सोचमा रहेको फ्रान्सका लागि पोग्बा आफ्नो प्रभावशाली उपस्थिती देखाउन चाहन्छन् ।
यसअघि सन् २०१२ देखी २०१६ सम्म युभेन्ट्सबाट खेलेका पोग्बाले क्लबका लागि चार इटालियन सिरी ‘ए’को उपाधि जितेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।