सप्तकोसी वितण्डा : प्रदेशको टोली प्रभावित क्षेत्रमा पुग्यो, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

सप्तकोसी नदीको बाँध भत्किएर गाउँमा नदी पस्दा प्रभावित बन्न पुगेको क्षेत्रमा प्रदेश १ को उच्च स्तरीय टोली पुगेको छ । सप्तकोसी नदी बाँध फुटाएर बस्तीमा पसेपछि उच्चस्तरीय टोली घटनास्थलमा पुगेको हो । 

बाँध कटान भएर प्रभावित भएको क्षेत्रमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, प्रदेशको विपद् व्यवस्थापन टोली, प्रदेश प्रहरी प्रमुख,  जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले स्थलगत निरीक्षण गरिरहेको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले अहिले स्थलगत निरीक्षण गरिरहेको फरकधारलाई जानकारी दिए । ‘हामी अहिले यहाँको स्थलगत निरीक्षण गरिरहेका छौँ । बाढी प्रभावित क्षेत्रका स्थानीयलाई अहिले सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।’ उनले फरकधारसँग भने,‘यसका लागि प्रदेश सरकारले जे गर्नुपर्छ सवै थोक गर्न तयार छ ।’ 

सप्तकोसी नदीले बुधबार बिहान बाँध कटान गरेका कारण सुनसरी, उदयपुर र मधेस प्रदेशको सप्तरीका बस्तीहरु जोखिममा परेका छन् । बाँध कटान गरेर सप्तकोसी नदीको पानी पसेपछि अहिले प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । 

सप्तकोसी बाढी प्रभावितहरुलाई सुरक्षित स्थान सार्न थालिएको मन्त्री कार्कीले जानकारी दिए । नदी कटानले वेलका नगरपालिकाका मेयर अशोक कार्कीले सो नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९, सुनसरीको बराह क्षेत्रको श्रीलंका टापुका केही वडाहरू र सप्तरीका केही वडा प्रभावित हुने बताए ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १२:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया