विश्वकपमा कमाएको सबै पैसा च्यारिटीलाई दिने डेभिसको घोषणा

क्यानडियन फुटबलर अल्फोन्सो डेभिसले यसै वर्ष हुने विश्वकपमा आफूले कमाएको सम्पूर्ण पैसा च्यारिटीलाई दिने बताएका छन् । जर्मन क्लब बायर्न म्युनिखका २२ वर्षीय डिफेन्डर डेभिसले क्यानडाले आफ्नो परिवारलाई स्वीकारेर सपना पूरा गर्न सहयोग गरेकाले सम्पूर्ण कमाई च्यारिटीलाई दिने निर्णय गरेका हुन् ।

सामाजिक सञ्जालमा ट्वीटरमार्फत डेभिसले भनेका छन्, ‘क्यानडाले म र मेरो परिवारलाई स्वागत गरेर अवसर र सहज जीवनयापनको मौका दियो । यसले मेरो सपना पूरा गर्ने अवसर दियो । क्यानडाबाट खेल्नु सौभाग्यको कुरा हो र म यस्तो योगदानको कदर गर्दै सहयोग गर्न चाहन्छु । त्यसैले मैले विश्वकपमा कमाएको सबै पैसा च्यारिटीलाई सहयोग गर्ने निर्णय गरेको छु ।’

२१ नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म कतारमा हुने विश्वकपको समूह ‘एफ’मा रहेको क्यानडाले पहिलो चरणमा बेल्जियम, मोरक्को र क्रोएसियासँग खेल्ने छ ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १३:५५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया