सन् २०३० को विश्वकप आयोजनाका लागि चार दक्षिण अमेरिकी राष्ट्रको संयुक्त दाबी

चार दक्षिण अमेरिकी राष्ट्रले सन् २०३० को विश्वकप आयोजना गर्न संयुक्त दाबी गरेका छन् । 

अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दाबी पेस गरेका हुन् ।

सन् १९३०मा विश्वकपको पहिलो संस्करण आयोजना गरेको उरुग्वे शताब्दी उत्सवमा विश्वकप फर्काउन चाहन्छ ।

‘यो महादेशकै सपना हो । विश्वकप धेरै हुनेछन्,तर १०० वर्ष एक पटक मात्रै हुनेछ । त्यसैले यो ‘घर’मा फर्किनुपर्छ,’ दक्षिण अफ्रिकी फुटबल महासंघ (कन्मेबोल) का अध्यक्ष अलेजान्ड्रो डोमिनग्वेजले भनेका छन् ।

यसअघि चिलीले सन् १९६२ र अर्जेन्टिनाले १९७८ मा विश्वकप आयोजना गरेका थिए । यस्तै, स्पेन र पोर्चुगलले पनि संयुक्तरुपमा आयोजक बन्नका लागि प्रस्ताव गरिसकेका छन् ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १५:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया