चीनतर्फ इंगित गर्दै ताइवानकी राष्ट्रपतिले भनिन्–कहिल्यै पछि हट्दैनौँ

ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले आफ्नो अडानबाट कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता दोहोर्‍याएकी छिन् । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान टापुको भ्रमणका कारण चीनबाट बढ्दो सैन्य धम्कीबीच उनले आफ्नो अडान र प्रतिबद्धता दोहोर्‍याएकी हुन् ।

चीनतर्फ संकेत गर्दै उनले ताइपेईले ‘योजनाबद्ध सैन्य खतरा’ को सामना गरिरहेको तर देश पछि नहट्ने प्रतिबद्धता जनाइन् । ‘हामी लोकतन्त्रको रक्षाको लाइनलाई निरन्तरता दिनेछौं’ उनले भनिन् ।

उनले ‘महत्वपूर्ण घडीमा ताइवानको लागि आफ्नो कट्टर समर्थन देखाउन ठोस कार्य चालेकोमा’ पेलोसीलाई धन्यबाद दिइन् । 

साई इङ्ग वेन सन् २०१६ मा ताइवानको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचेकी थिइन् । उनले आफ्नो कार्यकालमा ताइवानमा समलिंगी विवाहलाई कानुनी मान्यता दिएकी छिन् । 

जारी क्षेत्रीय विवादमा चीनको विरुद्धमा दृढताका साथ उभिएकी उनी सन् २०२० मा  दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् ।

ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा हेर्दै आएको छ, जसलाई ताइपेयले अस्वीकार गर्दै आएको छ । 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १५:२७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया