सप्तकोसी बाढीपीडितको उद्धार र बासको व्यवस्था मिलाउन नेकपाको माग
फरकधार / १८ साउन, २०७९
फाइल तस्वीर

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  वर्षाका कारण सप्तकोसी नदीको बहाव बढ्न गई उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा भंगालो पस्दा वडा नम्बर १, २, ३, ८ र ९ का सयौँ घरधुरी र हजारौं जनता जोखिममा परेका दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै प्राकृतिक बिपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । साथै, साहस र सम्यमताका साथ विपत्तिको सामना गर्न बेलकावासीलाई विशेष अनुरोध गरिएको छ । 

जोखिममा परेका बेलकावासीको सुरक्षित स्थानान्तरण, उद्धार र सुरक्षित स्थानमा बासको व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ । प्राकृतिक प्रकोप र दुःखमा परेका जनताको उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न उदयपुर जिल्ला पार्टीलाई विशेष निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । 



अविरल वर्षाका कारण देशैभरि बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापनलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग नेपाल कम्युनिष्ट पार्टीले माग पनि गरेको छ । 



  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १६:२:१,   अन्तिम अपडेट : साउन १८, २०७९ बुधबार १६:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया