'समाजवादी केन्द्र' दर्ताका लागि निर्वाचन आयोगमा निवेदन


एमालेबाहेकका वामपन्थी दलहरु मिलेर समाजवादी केन्द्र निर्माण गर्ने चर्चा चलिरहेका बेला निर्वाचन आयोगमा सोही नामको दल दर्ता भएको छ । 

गत असार १८ गते दिन नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टीले तत्कालीन अभियान संयोजक वामदेव गौतमलाई निष्कासन गरी सचिवालय सदस्य युवराज सफललाई अभियान संयोजक बनाएको थियो । 

युवराज सफल नेतृत्वको अभियानले अभियानको नाम परिवर्तन गरी समाजवादी केन्द्र राखेको हो । समाजवादी केन्द्र गठनको जानकारी निर्वाचन आयोगमा समेत गराइएको र साउन १८ गतेकै दिन दर्ता नं.२५१ निवेदन दर्ता भएको अभियानका सदस्य युवराज सफलले जानकारी दिएका छन् । 

साउन १७ गतेको बैठकले समाजवादी केन्द्रको चार सदस्यीय अध्यक्ष मण्डल समेत चयन गरेको छ । जसमा युवराज सफल, कृष्णगोपाल बञ्जरा, निलकण्ठ पौडेल, मीननाथ देवकोटा रहेका छन् । साथै तेजबहादुर कार्की, द्वारिका निरौला, सरस्वती न्यौपाने, भरत कुमाल, भगवती ढकाल र लक्ष्मण पौडेलसहितको सचिवालय समेत चयन गरिएको जनाइएको छ ।

साउन १७ गतेको बैठकले चुनावी गठबन्धन, तालमेल र विचार मिल्ने राजनीतिक दलसँग पार्टी एकीकरण समेत गर्ने निर्णय गरेको सफलले बताए । 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १८:२८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया