सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलको नेता तथा सत्ता पक्ष र विपक्षका प्रमुख सचेतकले गाडी सुविधा पाउने भएका छन् ।
बुधबार बसेको प्रदेशसभाको बैठकले सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न ल्याइएको विधेयक प्रदेशसभाबाट पारित गरेसँगै उनीहरुले यो सुविधा पाउने भएका हुन् ।
योअनुसार प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतकले गाडी सुविधा पाउनेछन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको असहमतिकाबीच संशोधन विधेयक बहुमतले पारित भएको हो । प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त संशोधन विद्येयक कार्यान्वयनमा जानेछ ।
यसअघि सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक र विषयगत समितिका सभापतिले मात्र गाडी सुविधा लिँदै आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।