सुदूरपश्चिममा हालसम्म ६० हजार ७१ जनामा कोरोना संक्रमण, छ सय ३३ जनाको मृत्यु

सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार आठ सय ४९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार ७१ जनामा संक्रमण देखिएको छ । कोरोनाबाट हालसम्म छ सय ३३ जनाको ज्यान गइसकेको छ ।

गएको २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा एकैदिन ५४ जनामा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले पाँच सय ४६ जनाको परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

सबैभन्दा बढी कञ्चनपुरमा संक्रमित थएिका छन् । निर्देशनालयका अनुसार कञ्चनपुरमा ३०, कैलालीमा २१ र बैतडीमा तीनजना संक्रमित थपिएका छन् । तीमध्ये भारतबाट फर्किएका १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

गड्डाचौकी नाकाबाट फर्किएका सात, गौरीफन्टाबाट छ र झुलाघाट नाकाबाट फर्किएका दुईजनामा संक्रमण निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार २१:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया