अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छन् । बुधबार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट बन्चित भएको छ’, पेलोसीले विज्ञप्तिमा भनिन् ।
एसिया भ्रमणका क्रममा मंगलबार पेलोसी ताइवानको भ्रमण गरेकी थिइन् । चीनको विरोध र अन्तर्राष्ट्रिय चासोबीच उनले टापुको भ्रमण गरेकी थिइन् । उनको भ्रमणपछि चीनले ताइवानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।