कोसी र नारायणी नदीमा बाढीको जोखिम कायमै, सतर्कता अपनाउन मौसमविद्को अनुरोध

बिहीबार र शुक्रबार पनि कोसी र नारायणी नदीको जलसतह सतर्कता तह आसपासमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज यी दुई नदीमा जलसतह केही घट्ने भए पनि जोखिम कायमै रहेको हो ।  

साथै, आज १५ जिल्लाका साना नदी तथा खोलामा पनि बाढीको जोखिम रहेको छ । महाशाखाका अनुसार सङ्खुवासभा, धनकुटा, सुनसरी, सप्तरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोकका साना नदी तथा खोलामा बाढीको जोखिम छ ।

यस्तै, नुवाकोट, रसुवा, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, दार्चुला र आसपास भइ बहने नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार ९:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया