भारतका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । उनको हृदयघातबाट बुधबार राति निधन भएको भारतीय मिडियाले जनाएका छन् ।
हृदयघात भएपछि उपचारका लागि गृहनगर लखनउमा लगिएको थियो । उपचारका क्रममा बुधबार राति निधन भएको उनका ज्वाइँ आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।
मिथिलेशको निधनको खबरले चलचित्र क्षेत्र शोकमा डुबेको छ । मिथिलेशले आफ्नो करियरमा धेरै ठूला र राम्रा बलिउड फिल्महरूमा अभिनय गरेका छन् ।
उनले सनी देवलको फिल्म ‘गदर : एक प्रेम कथा,’ मनोज बाजपेयीको ‘सत्या,’ शाहरुख खानको ‘अशोका,’ ‘ताल,’ ‘बन्टी और बबली,’ ‘कृष’ र ‘रेडी’ मा अभिनय गरेका थिए ।
फिल्म ‘कोही मिल गया’बाट उनी थप चर्चित बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।