तालिबानले काबुलमा अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकी ‘दाबी’ को छानबिन गरिरहेको जनाएको छ । जवाहिरी मारिएको भन्ने स्थानमा उनी भए÷नभएको बारेमा समूहलाई केही थाहा नभएको तालिबान अधिकारीले बताएका छन् ।
‘दाबीबारे सरकार र नेतृत्वलाई केही थाहा छैन् । नत कुनै संकेत नै छ’, दोहामा रहेको संयुक्त राष्ट्र संघका लागि तालिबान प्रतिनिधि सुहेल शाहिनले भने ।
अमेरिकाले ड्रोन हमलामा जवाहिरी मारिएको जनाएको थियो । आइबार काबुलस्थित एउटा घरको बाल्कोनीमा लुकिरहेको अवस्थामा उनी ड्रोन हमलामा मारिएका थिए । उनको मृत्यु अलकायदाका लागि ठूलो झट्का बताइएको छ ।
उनको हत्याबारे अनुसन्धान भइरहेको उनले बताए । ‘दाबीको सत्यता पत्ता लगाउन अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने ।अनुसन्धानको नतिजा सार्वजनिक गरिने शाहिनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।