चीनले ताइवान नजिक गर्‍यो २ मिसाइल प्रक्षेपण

ताइवान नजिक सैन्य अभ्यास सुरु गरेको चीनले दुईवटा मिसाइल प्रक्षेपण गरेको छ । चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । अमेरिकी सभामुख नेन्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुने बीबीसीले जनाएको छ । 

अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । ताइवानका शीर्ष नेताहरूसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन् ।  





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १३:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया