मंसिर ४ गते चुनाव गर्ने निर्णय स्वागतयाेग्य: ठाकुर गैरे

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य ठाकुर गैरेले सरकारको ४ मंसिरमा निर्वाचन गर्ने निर्णयको स्वागत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ४ मंसिरमा निर्वाचन घोषणा हुनु स्वागतयोग्य निर्णय भएको बताएका हुन् । '२०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने, स्वागतयोग्य निर्णय' उनले भनेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ४ मंसिरमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने पनि निर्णय गरेको छ ।





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १५:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया