सांसदहरुको प्रश्न परराष्ट्रमन्त्रीले संसदीय समितिको अवज्ञा गर्न मिल्छ ?

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद अनिलकुमार झाले बाढीको कारण देखाएर परराष्ट्रमन्त्री समितिबाट पन्छिन नमिल्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

बाढी मात्रै कारण हुन नसक्ने भन्दै उनले परराष्ट्रमन्त्री समितिमा नआउनुको रहस्य अरु पनि हुनसक्ने बताए । नेपाली सेना, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयले समितिको बैठकमा आउनुलाई अन्यथा मान्न नहुने उनले बताए । 

समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले संसदमा जवाफ दिइसकेको भनेर संसदीय समितिको अवहेलना गर्न नमिल्ने बताइन् । संसदमा जवाफ दिइसके पनि समितिको बैठकमा उपस्थित भएर त्यसबारेमा स्पष्ट पार्न आवश्यक रहेको बताइन् । 

उनले सरकार र मन्त्रीले समितिका कुरालाई टारेर जान नहुने बताइन् । फरक प्रसंगमा सांसद परियारले सप्तकोशी नदीको मोटरेबल पुललाई रिभ्यु गर्ने कुरामा फलोअप हुन नसकेको भन्दै ध्यानाकर्षण गराइन् । 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १७:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया