सरकारले एसपिपीमा सहभागी हुन्नौँ भन्ने पत्र पठाएकै छैनः सांसद लोहनी

नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले सरकारले एसपिपीमा सहभागी नहुने भनेर पत्र पठायौँ भने पनि पत्र अझै नपठाएको आरोप लगाएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले सो आरोप लगाएका हुन् । 

सरकारसँग संसदीय समितिले र सिंगो संसदले अमेरिकालाई एसपिपीमा सहभागी नहुने भनेर पठाएको पत्र माग गर्दा दिन हिच्किचाहट गरिरहेको भन्दै उनले नेपालीहरुको चासो र चिन्ताको विषयका बारेमा जानकारी नगराउनु सरकारको गैरजिम्मेवारीपन भएको बताए । 

सरकारले जनता र समितिलाई एसपीपी सम्झौतामा सहभागी नहुने भनेर पठाएको पत्र उपलब्ध नगराउनु राष्ट्रप्रतिको धोका भएको उनले बताए । सांसद लोहनीले सरकारले एसपिपीमा सहभागी नहुने पत्र पठायौँ भनेर पत्र नपठाई जनतालाई ढाँटेको आरोप लगाए । 
 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १७:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया