आजदेखि स्थगित भयो मतदाता नामावली संकलन
फाइल तस्बिर

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै नामावली संकलन स्थगित गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय लगायत विभिन्न ठाउँबाट भइरहेको मतदाता नामावली संकलन आजबाट स्थगित गरिएको आयोगले जनाएको छ । 

मतदाता नामावली संकलनका लागि अनलाइनबाट फारम भरी औँठाछाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा भने साउन २१ गतेसम्म औँठाछाप र फोटो लिने व्यवस्था मिलाइएको छ । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार ७:१०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया