सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुने

शुक्रबार सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ । 

कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार बैठकमा ४ मंसिरको चुनावमा गठबन्धन दलहरूबीच हुने भागबण्डाका विषयमा छलफल हुनेछ । त्यसका लागि कार्यदल बनाएर जान सकिने उनको भनाइ छ । 

सरकारले बिहीबार ४ मंसिरका लागि चुनावको मिति घोषणा गरेलगत्तै सत्तागठबन्धन छलफलमा जुटेको हो ।   





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार ७:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया