अमेरिका र ताइवानबीचको साँठगाँठलाई निस्तेज पार्नेछौँ : चिनियाँ सेना

चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निस्तेज पार्न बलियो बन्देज हुने भएको बताएका छन् ।

अमेरिकी प्रतिनिधिसभा सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणप्रति कडा आक्रोशयुक्त प्रतिक्रिया व्यक्त गर्दै चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले चीनको चिनियाँ सशस्त्र सेनाले ‘जे भन्छ त्यो पूरा गर्ने’ बताएको छ ।

चिनियाँ जनमुक्ति सेना (पीएलए) का पूर्वी थिएटर कमाण्डले ताइवान टापुको जल र हवाई क्षेत्रमा संयुक्त युद्ध प्रशिक्षण अभ्यासहरू आयोजना गरेको छ । सो अभ्यासमा समुद्री, भूमिलक्षित आक्रमण हमलाहरू र हवाई क्षेत्र नियन्त्रण कार्यहरू लगायतका समावेश छन् ।

सैनिक कमाण्डरले तानले चिनियाँ सशस्त्र सेनाले दृढतापूर्वक देशको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने र कुनै पनि प्रकारको ‘ताइवान स्वतन्त्रता’ गतिविधि र अन्य कुनै किसिमका बाह्य हस्तक्षेपको लागि कुनै ठाउँ नरहेको बताएको छ ।  





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार ७:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया