यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य १२६ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउ बढेर एकको खरिदमा १२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४५ पैसा रहेको छ । 

त्यस्तै, यसअघि एकको खरिद दर १२८ रुपैयाँ ६८ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा रहेको युरोपियन युरो आज बढेर खरिदमा १२९ रुपैयाँ २६ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८७ पैसा पुगेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ०३ पैसा रहेको छ । यसअघि एकको खरिद दर ८७ रुपैयाँ ५० पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ९१ पैसा रहेको अस्ट्रेलियन डलरको भाउ आज बढेको हो । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४१ पैसा, र सिङ्गापुरे डलर एकको खरिद दर ९२ रुपैयाँ र बिक्री दर ९२ रुपैयाँ ४४ पैसा रहेको छ । 

जापानिज येनको भाउ भने घटेको छ । यसअघि १० को खरिद दर ९ रुपैयाँ ४७ पैसा र बिक्री दर ९ रुपैयाँ ५१ पैसा रहेको जापनिज येन आज १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्री दर ९ रुपैयाँ ४९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ७७ पैसा र बिक्री दर १८ रुपैयाँ ८६ पैसा रहेको छ । 

साउदी अरेवियन रियाल र कतारी रियालको विनिमय दर पनि बढेको छ । यसअघि एकको खरिद दर ३३ रुपैयाँ ६१ पैसा र बिक्री दर ३३ रुपैयाँ ७७ पैसा रहेको साउदी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, यसअघि कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५८ पैसा रहेकोमा आज बढेर एकको खरिद मूल्य ३४ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ७२ पैसा रहेको छ । 



त्यस्तै, युएई दिरहम एकको खरिदमा ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७० पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा र बिक्रीमा २८ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वान १०० को खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७४ पैसा रहेको छ । 



  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार ८:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया