म्याग्दीको मालिका गाउँपालिका-४ मा पहिरो, ६ परिवार विस्थापित
फरकधार / २० साउन, २०७९
फाइल तस्बिर

म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन् ।

मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए । ‘छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ,’ उनले भने, ‘महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छौँ ।’ 

छिपछिपेमा छाप जाने मोटरबाटोबाट पहिरो आएपछि विस्थापित भएका हुन् । सिद्धार्थ आमा समूह, परिवर्तन युवा क्लब च्युरीबोटका पदाधिकारी, सदस्य र स्थानीयवासीले विस्थापितका घरका सामान सारेका छन् । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार ९:१४:४४,   अन्तिम अपडेट : साउन २०, २०७९ शुक्रबार ९:१६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया