कप्तान सेजर सन् २०२४ सम्म चेल्सीमै रहने

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका कप्तान सेजर एज्पिलिक्वेटाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । उनले थप दुई वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गरेका हुन् ।

नयाँ सम्झौताअनुसार उनी सन् २०२४ सम्म स्टामफोर्ड ब्रिजमै रहने छन् । ३२ वर्षीय स्पेनिस डिफेन्डर सेजर सन् २०१२ मा फ्रेन्च क्लब मार्सेलीबाट चेल्सी आएका थिए । 

उनले क्लबका लागि ४७६ खेलमा १७ गोल गर्नुका साथै प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, लिग कप, यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेका छन् । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १०:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया