पोर्चुगिज मिडफिल्डर सान्चेज पिएसजीमा अनुबन्ध

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेजलाई क्लबमा अनुबन्ध गरेको छ । पिएसजीले सान्चेजलाई अर्को लिग वान क्लब लिलबाट १५ मिलियन युरोमा ५ वर्षको लागि अनुबन्ध गरेको हो । 

लिलमा उनको सम्झौता सन् २०२३ सम्म रहेपनि उनले पिएसजी रोजेका हुन् । सान्चेज अनुबन्धका लागि सिरी ‘ए’ विजेता एसी मिलानले पनि चासो देखाएको थियो । उनी २०१९ मा जर्मन क्लब बायर्न म्युनिखबाट लिलमा अनुबन्ध भएका थिए । 

‘म पक्का छु कि मैले पिएसजी छनोट गरेको छु,’ सान्चेजले भने, ‘मैले पिएसजी रोजेको छु किनभने यो मेरो लागि सबैभन्दा राम्रो परियोजना हो । फ्रान्समा रहनु मेरो लागि महत्वपूर्ण थियो । लिग वानबारे मलाई जानकारी छ ।’

प्रशिक्षक क्रिस्टोफ गाल्टियरसँग उनको यो दोस्रो स्पेल हुनेछ । यसअघि रेनाटोले गाल्टियरसँग लिलमा खेलेका थिए । गाल्टिएर यसै सिजनमा पिएसजीको प्रशिक्षक बनेका हुन् । 

लिलमा तीन सिजन बिताउँदा उनले ९१ खेलमा सात गोल गरे । लिलमा राम्रो प्रभाव जमाएपछि सान्चेज पिएसजीको नजरमा परेका हुन् । २०१६ देखि पोर्चुगलको सिनियर टोलीमा रहेका उनले ३२ खेलमा तीन अन्तर्राष्ट्रिय गोल गरेका छन् । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार ११:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया