साफ यू-२० उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै

भारतमा जारी साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोलीले आज बंगलादेशको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने राति सवा ७ बजे सुरु हुनेछ । 

घरेलु मैदानको फाइदा उठाउँदै साविक विजेता भारत उपाधि रक्षा गर्ने योजनामा हुनेछ । पछिल्ला दुई संस्करणमा उपविजेतामै चित्त बुझाएको बंगलादेश पनि जित हात पर्दै पहिलोपटक उपाधि उचाल्ने लक्ष्यमा छ । 

भारत र बंगलादेशले हालसम्म पाँच खेलमा एकअर्काको सामना गर्दा दुवैले समान दुई खेलमा जित हात पारेका छन् भने एक खेल बराबरीमा सकिएको छ । 

यस्तो छ जारी साफमा यी दुईको प्रदर्शन

बंगलादेश

सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष स्थानमा रहँदै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले समूह चरणमा तीन जित र एक बराबरीको नतिजा निकाल्दै १० अंक जोड्यो ।  



बंगलादेशले श्रीलंकालाई १–० भारतलाई २–१ र माल्दिभ्सलाई ४–१ ले पराजित गर्दा नेपालसँग १–१ को बराबरी खेल्यो । 

भारत



समूह चरणमा तीन जित र एक हारको नतिजासहित ९ अंक जोडेको भारत दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गर्‍यो । घरेलु टोलीले बंगलादेशसँग २–१ को पराजय बेहोर्दा श्रीलङ्कालाई ४–०, नेपाललाई ८–० र माल्दिभ्सलाई १–० ले हराएको थियो ।  

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १२:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया