हसरंगालाई दिएन श्रीलंकन क्रिकेट बोर्डले ‘द हन्ड्रेड’ खेल्न अनुमति

श्रीलंका क्रिकेट (एसएलसी) ले हन्ड्रेडमा खेल्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)  दिन अस्वीकार गरेपछि श्रीलंकन बलर वानिन्दु हसरंगाले म्यानचेस्टर ओरिजिनल्ससँगको आफ्नो  सम्झौता रद्द गर्नु परेको छ । म्यानचेस्टरले उनीसँग एक लाख पाउण्डको सम्झौता गरेको थियो ।

हसरंगाको स्थानमा दक्षिण अफ्रिकन खेलाडी ट्रिस्टन स्टब्सले माैका पाएका छन् ।​ एसएलसीका प्रमुख कार्यकारी एश्ले डे सिल्भाले क्रिकइन्फोसँगको कुराकानीमा भनेका छन्, ‘बोर्डले उनको अनुरोध अस्वीकार गरेको छ किनभने हामी २७ अगस्टबाट सुरु हुने एसिया कप र यस वर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपअघि खेलाडी शारीरिक र मानसिक रूपमा तयार रहुन् भन्ने चाहन्छौं ।’

यसअघि ओरिजिनल्सले यसअघि हसरंगाले लंका प्रिमियर लिगमा व्यस्त हुनाले द हन्ड्रेड गुमाउने अपेक्षा गरेको थियो । तर, लंका प्रिमियर लागि अनिश्चितकालका लागि स्थगित भइसकेको छ ।

अब यदि ओजिनल्सले  हसरंगासँग सम्झौता गर्न चाहने हो भने उनीहरूसँग आगामी २०२३ को सिजनका लागि उनलाई राख्ने विकल्प हुनेछ । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १२:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया