दक्षिण अफ्रिकाले जित्यो आयरल्याण्ड विरुद्धको टी-२० सिरिज

घरेलु टोली आयरल्याण्ड विरुद्धको टी-२० सिरिज अन्तर्गत दोस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । उ गए रातिकाे खेलमा ४४ रनले विजयी भएको हो ।

यो जितसँगै दक्षिण अफ्रिकाले दुई  खेलका सिरिज २-० ले आफ्नो पक्षमा पारेकाे छ । उ पहिलो खेलमा २१ रनले विजयी भएको थियो । १८३ रनकाे लक्ष्य पछ्याएको आयरल्याण्डले १८.५ ओभरमा  सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो ।

घरेलु टाेलीका लागि ह्यारी टेक्टरले ३४, ब्यारी म्याकर्थीले ३२, पउल स्टर्लिङले २८ र कर्टिस क्याम्फरले १९ रनकाे याेगदा दिए । दक्षिण अफ्रिकाका लागि वायन पार्नेलले पाँच, ड्वेन प्रिटोरियस तीन तथा ताबरेज शाम्सी र लुङ्गी एनगिडीले एक/ एक विकेट लिए ।

यसअघि ब्रिस्ताेलस्थित काउन्टी म‌ैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएकाे थियो ।

उसका लागि रीजा हेन्ड्रिक्सले ४२, हेनरिक क्लासेनले ३९, कप्तान डेविड मिलरले अविजित ३२, एडेन मार्करमले २७ र ड्वेन प्रिटाेरियसले १७ रन बनाए । आयरल्याण्डका लागि गारेथ डेलानीले दुई  तथा एन्डी म्याकब्राइन, जाेस लिटल मार्क आदिर र ब्यारी म्याकर्थीले एक/ एक विकेट हात पारे । 





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार ९:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया