जानकी परिसर कब्जा गर्ने फुटपाथ व्यवसायीले नगरप्रमुखविरूद्ध आन्दोलन गर्ने

जानकी मन्दिर आसपासका फुटपाथ व्यापारीहरूले जनकपुरधामका नगरप्रमुखविरूद्ध आन्दोलन गर्ने भएका छन् । नगरप्रमुख मनोजकुमार साहको निर्देशनमा सडक छेउछाउ फुटपाथमा पसल थापेर व्यवसाय गर्दै आएका साना तथा खुद्रे व्यापारीहरूले आइतबारदेखि आन्दोलन गर्ने भएका हुन् ।

फुटपाथ खाली गरेको एक साता बिते पनि उपमहानगरले कुनै व्यवस्थापन नगरेको उनीहरूको गुनासो छ । साना तथा खुद्रा पसल थापेर व्यापार गरी जीविकोपार्जन गर्दै आए पनि आफूहरूको समस्याप्रति नगरप्रमुख साह गम्भीर नरहेकोले अन्तत्वगत्वा आन्दोलन गर्ने निर्णय गरेको एक खुद्रा व्यापारीले बताए ।

जानकी मन्दिरमा भेला भएका ती व्यापारीहरूले मेयर साहले विपन्न तथा गरिब वर्गका लागि वैकल्पिक व्यवस्थापन गर्न नचाहेकाले बाध्य भएर आन्दोलन गर्ने निर्णयमा पुगेको उनले बताए । उनले आफूहरूलाई व्यवस्थापन नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

स्थानीय युवा अगुवा सुशील कर्णले सहज र सहमतिमा कुनै पनि बाधा र अवरोध नगरी समाज, स्थानीय सरकार र सरोकारवालाहरूको आग्रहमा फुटपाथमा व्यवसाय गर्नेहरूले मन्दिर वरिपरिको फुटपाथ खाली गरे पनि अहिले आएर उनीहरूको व्यवस्थापन नहुँदा जीविकोपार्जनका लागि आन्दोलन बाहेक अर्को कुनै विकल्प नरहेको बताए ।

अहिले मन्दिर परिसरमा खुद्रा व्यापारीले थापेको पसल तथा पूजा सामग्री बेच्ने स–साना व्यापारीको भीडले अस्तव्यस्त बनेको छ भने दर्शन गर्न जाने श्रद्धालुलाई झन् सास्ती भोग्नु परेको छ । विगतमा मन्दिरको चारैतिर फुटपाथ कब्जा गरेर सञ्चालन गर्दै आएका स–साना पसललाई उपमहानगरले हटाएपछि खुद्रे व्यापारी मन्दिर परिसरमै व्यापार गर्न थालेका हुन् । 





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १०:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया