बाजुरामा बाढी : ३ परिवार विस्थापित, गाउँ नै जोखिममा
फरकधार / २१ साउन, २०७९

बाजुराको बडी मालिका नगरपालिका वडा नम्बर ९ सेला घाटको सिङ्गो गाउँ नै बाढीका कारण जोखिममा परेको छ ।  शुक्रबार रातिको वर्षाका कारण स्थानीय बिउरा खहरे खोलामा आएको  बाढीले सेला घाट बस्ती नै जोखिममा परेको हो । 



सेला घाट बाजुरा जिल्ला सदरमुकाम मार्तडीसँगै रहेको वडा हो । बाढीका कारण ३ परिवार पूर्ण रूपमा विस्थापित बनेका छन् । बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दीपक विष्टको घरमा क्षति पुगेको छ । अन्य २० भन्दा बढी परिवार जोखिममा परेको स्थानीय निशान्त बडूवालले जानकारी दिए ।

बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ । फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० बढी मरेका छन् । सयौँ मुरी फल्ने खेतमा लगाएको धान बालीमा समेत क्षति पुगेको छ  भने सिङ्गो खेत बगरमा परिणत भएको छ । बाढी आएको थाहा पाएपछि स्थानीय राति नै घरबाट अन्यत्र सरेका थिए । 



खहरे खोलाको बाढीकै कारण साँफे-मार्तडी सडक पनि अवरुद्ध भएको छ । बाउली खोलाको कटानले जोखिममा रहेको बस्ती बिउरा खोलाको बाढीका कारण थप जोखिममा परेको छ ।



  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार ११:१७:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया