प्रकाशमानको प्रधानमन्त्री बन्ने चाहना : भन्छन्- देश कायापलट कसरी हुन्छ भन्ने देखाउन चाहन्छु
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो चाहन व्यक्त गरेका हुन्। 

सिंहले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना ‘वान अफ म्यान’ बनेर देशको सेवा गर्न चाहेको बताए । उनले असल नियत भएको र लोभ नभएको नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए । 


‘मलाई साथ दिए, मौका पाएँ भने मेरो त तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु । नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्ने कुरा म देखाउन चाहन्छु,’ उनले भने -  ‘जनतालाई अधिकार दिलाउने काम नेपाली काँग्रेसले नेतृत्व खेलेको छ अब प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा कांग्रेसले लिड गर्छ ।’

नेता सिंहले जनतालाई अधिकार दिलाउने काम नेपाली कांग्रेसले गरेको उल्लेख गर्दै अबका दिनमा प्राप्त अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा कांग्रेसले नेतृत्व गर्ने बताए । उनले देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने गरे ।

‘नेपालको प्रगतिलाई अघि बढाउनको लागि ग्रिन इनर्जीको विश्वमा वातावरण आइरहेको छ । प्रदूषणको कारणले गर्दा मानवताजीले कल्पना नै नगरेको समस्या भोग्नु परिरहेको छ,’ नेता सिंहले भने,  ‘नेपालका विज्ञहरू हाइड्रोबाट उत्पादन हुने ग्रिन इनर्जी आफ्नो ठाउँमा छ, विकासले फड्को मारिसकेको छ । ग्रिन इनर्जी पनि हाइड्रो इनर्जी भन्दा सस्तो हुने गरेर नेपालमा चिप रूपमा हाइड्रो उत्पादन गर्न सक्ने राष्ट्र हो ।’ 





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १३:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया