नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली खेलकुदको भविष्य बचाउनका लागि कार्य योजना बनाउन आग्रह गरेका छन् ।
अल्मुताइरीले सामाजिक सञ्जालमार्फत हाल खेलाडीहरूको बढ्दो विदेश पलायन रोक्न र नेपाली खेलकुदको भविष्यका लागि कार्य योजना बनाउन तत्काल पाँचदेखि सात जनाको टोली बनाइ काम गर्न आग्रह गरेका हुन् ।
‘म उज्ज्वल भविष्यका लागि नेपाल छोडेर विदेश जाने खेलाडीलाई दोष दिन्न । नेपाली खेलकुदको भविष्य बचाउनका लागि केही गर्न म सरकारसमक्ष विनम्र आग्रह गर्छु । म खेलकुद मन्त्रालय, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटीलाई नेपाली खेलकुदको भविष्यका कार्य योजना बनाउन तत्काल पाँचदेखि सात जनाको टोली बनाउन आग्रह गर्दछु,’ अलमुताइरी सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
एसियन कप तेस्रो चरणको छनोटपछि तीन महिना बिदामा रहेका अलमुताइरी हाल आफ्नो देश कुवेतमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।