प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

प्रधान सेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजित चिफ अफ डिफेन्स (चोड) कन्फोरेन्समा सहभागी हुन अष्ट्रेलियामा गएका शर्मा शनिबार राति स्वदेश फर्केका हुन् ।

प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त कार्यक्रममा प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तनलगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएको सेनाले जनाएको छ ।

सेनाले यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको छ ।

शर्मा मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएअनुसार साउन ९ गतेदेखि ११ सम्म अष्ट्रेलियाको सिड्नीमा आयोजित उक्त कार्यक्रम सहभागी हुन गएका थिए । साथै, प्रधानमन्त्री तथा रक्षामन्त्रीस्तरको असार २२ गतेको निणर्यानुसार श्रावण १२ गतेदेखि २० गतेसम्म ९ (नौ) दिन अष्ट्रेलिया मै रहने गरी उनको घर बिदा स्वीकृत भएको भएको सेनाले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १४:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया