प्रिमियर लिगः  फुलहमसँग बराबरीमा रोकियो लिभरपुल

साविक उपविजेता लभिरपुलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२२–२३ को पहिलो खेलमा घरेलु टोली फुलहमसँग बराबरी खेलेको छ । क्रेभन कटेजमा आज सम्पन्न खेलमा  दुवै टोलीले २–२ को बराबरी खेलेका हुन् ।

निकै रोमाञ्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टोली फुलहमले लिएको थियो । खेलको ३२ औं मिनेटमा अलेक्सजेन्डर मिट्रोभिचले फुलहमलाई अग्रता दिलाएका थिए । 

६४ औं मिनेटमा डार्विन नुनेजले लिभरपुललाई १–१ को बराबरीमा ल्याए । यसै सिजन एनफिल्ड भित्रिएका उनी प्रिमियर लिगको डेब्यु खेलमै गोल गर्न सफल भए । 

७२ औं मिनेटमा मिट्रोभिचले नै पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै फुलहमलाई २–१ ले अगाडि बढाएका थिए । ८० औं मिनेटमा लिभरपुलका महम्मद सलाहले गोल गरेपछि खेल २–२ को रोमाञ्चक बराबरीमा सकिएको हो । 

यो नतिजासँगै दुवै टोलीले समान एक/एक अंक जोडेका छन् ।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १९:२४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया