ओलीको विश्लेषण : कांग्रेस बञ्चरो, माओवादी-समाजवादी बिँड र स्वतन्त्र देश भडुवा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलदेखि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्रप्रति आक्रोश व्यक्त गरेका छन् । उनले सत्ता गठबन्धनका दलहरूलाई बञ्चरो र त्यसको बिँडको संज्ञा दिँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई देश बिगार्ने भडुवाको आरोप लगाए ।

पार्टीको प्रदेश कमिटी १ ले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसरूपी बञ्चरोको बिँडको संज्ञा दिए । दाहाल र नेपालले आफ्नो पार्टीलाई ढाल्नका लागि कांग्रेसको बिँड बनेको अध्यक्ष ओलीको आरोप थियो ।

उनले २३ सिटमा खुम्चिएको कांग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भए पनि दाहाल-नेपालले मुलुकबाट वामपन्थी शक्ति सिध्याउने गरी कांग्रेसलाई साथ दिएको जिकिर गरे ।

अध्यक्ष ओलीले भने, ‘कांग्रेसको बिँड हेर्नुस्त कस्ता छन् ? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन् । के-के नामका छन ? बञ्चरोले मात्रै रुख ढाल्न सक्दै सक्दैन । माओवादी र माधव नेपालका पछि लागेकालाई कांग्रेसको बिँड नभई आफ्नो पार्टी आउन आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले स्वतन्त्रका नाममा राजनीति गर्नेहरूलाई देश बिगार्ने भडुवा भएको आरोप लगाए । उनले यस्ताबाट सतर्क रहन सबैलाई आग्रहसमेत गरे ।

विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा नचाहिँनै भन्दै प्रश्नसमेत गरे । उनले स्वतन्त्र भनिएकाहरूले देश बिगार्न लागेको उनको जिकिर थियो ।



ओलीले पार्टीबिना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रले देश चलाउन नसक्ने तर्क गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका लामिछानेले लोकतन्त्र ल्याउनका लागि लडेका नेतालाई अपमान गरेको बताए ।



'अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्‍यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेतालाई अपमान गरेको छ । सरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भडुवाको तरिका हो । यसबाट सतर्क हुनुपर्छ,’ उनले भने ।

  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १९:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया