कैलालीमा डुबेर एक बालकको मृत्यु

कैलालीमा एक बालकको डुबेर ज्यान गएको छ । टीकापुर नगरपालिका-१ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

दिनेशको नुहाउने क्रममा जमरा कुलोमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । पानीमा डुबेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल लगिएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको थियो ।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार २०:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया