जगदीप धनखर बने भारतको १६ औं उपराष्ट्रपति

जगदीप धनखर भारतको १६ औं उपराष्ट्रपति निर्वाचित भएका छन् । शनिबार भएको उपराष्ट्रपतिको निर्वाचनमा उनले मार्गरेट अल्भालाई पराजित गरेका हुन् ।

शनिबार भएको निर्वाचनमा जम्मा ७२५ मत खसेको थियो । जसमध्ये जगदीप धनखरले ५२८ मत पाएका छन् । जबकि विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत पाएकी छन् ।

१५ मत बदर घोषित भएको छ । यससँगै उपराष्ट्रपतिको निर्वाचनमा जगदीप धनखर विजयी घोषित भएका छन् ।

देशका नवनियुक्त उपराष्ट्रपति जगदीप धनखरले ११ अगस्टमा शपथ लिनेछन् । वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल १० अगस्टमा  सकिँदै छ ।

भारतको उपराष्ट्रपति देशको दोस्रो सर्वोच्च संवैधानिक पद हो । भारतका उपराष्ट्रपति राज्यसभाका सभापति पनि हुन् ।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार २०:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया