युवा शक्तिलाई स्वदेशमै रोक्न सरकारले प्रयास गरिरहेको​ छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले युवा जनशक्तिलाई नेपालमै रोक्नुपर्ने बताएका छन् । पछिल्लो समय युवाहरु विदेशिने क्रम बढिरहेको तर्फ इंगित गर्दै मन्त्री गहतराजले युवा शक्तिलाई स्वदेशमै रोक्न सरकारले प्रयास गरिरहेको बताएका हुन् ।

राष्ट्रिय युवा परिषद् अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिबार काठमाण्डौंमा आयोजना गरेको 'वैदेशिक रोजगारबाट फर्केका युवाहरुको अवस्था, समस्या र सम्भाव्यता' सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री गहतराजले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोजगार र उत्पादनमा जोड्नुपर्ने बताए । उनले स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेकाले बिदेशमा सिकेको सिप नेपालमा सदुपयोग गर्न युवाहरुलाई आग्रहसमेत गरे ।

विभिन्न कालखण्डमा परिस्थितिवश विदेशिएका युवालाई स्वदेशमै फर्कने वातावरण बनाउन सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री गहतराजले विदेशमा सिकेको सिपलाई नेपालमै सदुपयोग गर्न युवाहरुलाई आग्रह गरे ।

प्राकृतिक तथा भौगोलिक रुपमा नेपाल धेरै सम्भावना बोकेको मुलुक भएकाले यहाँको युवा जनशक्तिलाई नेपालकै विकासमा लगाउनुपर्नेमा मन्त्री गहतारजको जोड थियो । राष्ट्रिय युवा परिषद र युवा तथा साना ब्यवसायी स्वरोजगार कोष मार्फत युवाहरुको समग्र विकासमा राज्यले ठुलो लगानी गर्दै आईरहेको उनले बताए ।

अध्ययन तथा रोजगारीको सिलसिलामा केही समय बिदेश बाहिर रहेका युवाहरुलाई स्वदेशमै एकत्रित गरी मन्त्रालयले उनीहरुको अनुभव र सिपलाई सदुपयोग गर्न बृहत्त युवा सम्मेलन मार्फत रणनैतिक योजना बनाउने तयारी गरीरहेको उनको भनाई थियो ।  

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ, युवा अर्थशास्त्री डिपि ढकाल, युवा परिषद सम्बद्ध रिटर्नी युवा सञ्जालका पदाधिकारी लगायत विभिन्न देशबाट नेपाल फर्किएका युवाहरुको सहभागिता रहेको थियो ।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार २१:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया