नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्दसम्मिलित पर्सिक केडिरीले इन्डोनेशियन लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा केडिरी शीर्ष स्थानको मादुरा युनाइटेडसँग १–० ले पराजित भएको हो ।
खेलमा रोहितले भने पूरा समय मैदानमा बिताएका थिए । मादुराको जितमा ३६ वर्षीय स्टेबन भिज्काराले निर्णायक गोल गरे । उनले ४६औं मिनेटमा गोन्कालोको पासलाई पोस्टको दिशा दिएका थिए ।
लगातार दोस्रो हारसँगै एक अंक मात्र जोडेको केडिरी रेलिगेशन जोनमा छ । यस्तै, हालसम्म अपराजित रहँदै शीर्ष स्थानमा रहेको मादुरीको ९ अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।