जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको खुल्ला सिमानालाई अझै व्यवस्थित र सहज बनाउन वक्ताहरूले धारणा व्यक्त गरेका छन् । नेपाल–भारत खुल्ला सीमाना संवाद समूहले शनिबार जनकपुरमा आयोजना गरेको ‘बद्लिँदो परिबेसमा नेपाल भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो धारण राखेका हुन् ।
कार्यक्रममा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीब झाले परापूर्व कालदेखि नेपाल र भारतबीच रोटी-बेटीको सम्बन्ध रहेको भन्दै यी दुई देशको सीमानामा तरबार लगाउन नहुने बताए ।
दुई देशका सरकारबीच मात्र नभई दुई देशका नागरिकबीच आर्थिक सामाजिक, सांस्कृतिक सम्बन्ध रहेको बताउँदै अध्यक्ष झाले तरबार लगाउनु भन्दा सीमानालाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताए ।
'सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक रहनसहन र रीतिरिवाज एक नासको रहेको छ,' अध्यक्ष झाले भने, 'यसलाई अझ बलियो बनाउन दुवै देशका सरकारका साथै दुवै देशका नागरिकको भूमिका महत्त्वपूर्ण छ ।
नेपाल– भारत बीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमा रेखा रहेको अध्यक्ष झाले बताए । कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीकी नेतृ बीभा ठाकुरले नेपाल र भारतको रामायण कालदेखि वर्तमानसम्म अटुट सम्बन्ध रहेको बताइन् ।
दुई देशका जनताबीच सौहार्दपूर्ण सम्बन्धकै कारण समाजमा विवाह जस्तो पवित्र सम्बन्ध गाँसिने चलन पौराणिक कालदेखि हुँदै आएको उल्लेख गर्दै नेतृ ठाकुरले भनिन्, 'विवाहमा उपहार स्वरूप बनाउने सामान हरुलाई सीमानामा सहज रुपमा ओहोरदोहोरको व्यवस्था हुनुपर्छ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।