इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदैछन् । आज साविक विजेता म्यानचेस्टर सिटी,म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी आ–आफ्नो खेलका लागि मैदान उत्रिने छन्।
आजको खेलमा म्याचेस्टर युनाइटेडमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो हुने सम्भावना भने निकै कम छ । नेपाली समयअनुसार साँझ पौने सातमा दुई खेल हुँदैछन् ।
जसमा म्याचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्राइटनको सामान गर्दा लेस्टर सिटीले पनि घरेलु मैदान किंग्स पावर स्टेडियममा ब्रेन्टफोर्डसँग खेल्नेछ ।
उपाधि रक्षा अभियानमा रहेको सिटीले घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँगको खेलबाट सिजनको सुरुवात गर्नेछ । यो खेल लण्डन स्टेडियममा राति सवा १० बजेबाट सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।