नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ स्वाब परीक्षण गर्दा ५५३ जनामा कोरोना पुष्टि भएको हो ।
त्यसमध्ये आरटी पिसिआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०२ जनामा संक्रमण पाइएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । देशभरबाट ४३३ जना निको भएको मन्त्रालयले जनाएको छ ।
देशमा हाल ५ हजार ६५९ सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।