चट्याङले तीन गोरु र दुई गाई मरे

चट्याङ पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच गाईगोरु मरेका छन् । शनिबार राति वर्षासँगै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका–३ बाराहा निसिन्टारका मदनबहादुर कार्कीको तीनवटा गोरु र दुईवटा गाई मरेका हुन् । 

गोठमा रहेका गाईगोरुमध्ये चट्याङबाट एउटा गोरु मात्र बाँचेको वडाध्यक्ष गुरुमणि कुमाईले बताए । चट्याङबाट कार्कीको दुई लाखको क्षति भएको प्रहरी मुचुल्का तयार पारिएको छ । 

मरेका गाईगोरु खाल्डो खनेर पुरिएको छ । घरभन्दा करिब एक किलोमिटर दूरीमा राखिएको गोठमा चट्याङ परेको हो ।





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १८:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया