भारतका विभिन्न सहरबाट नेपाल आएका १२ जनामा कोरोना संक्रमण देखिएको छ।
१ सय १९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना देखिएको हो ।
नेपालगञ्ज नाकामा रहेको जमुनाहा नाका हुँदै नेपाल आएका उनीहरुमा कोरोना पुष्टि भएको हो ।
भारतको बैंग्लोर, गुजरात, कालापहाडलगायत ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ।
तेस्रो मात्रामा खोप लगाएका व्यक्तिलाई पनि कोरोना देखिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।